चीनमा सार्वजनिक गरिएकाभन्दा ३७ गुणा संक्रमित रहेको खुलासा

बेइजिङ । अमेरिकास्थित थिंक ट्यांक आरएएनडीले सन् २०२० को जनवरीमा देखिएको भन्दै अहिल ३७ गुणा बढी संक्रमित देखिएको बताइएको छ ।

नोभेल कोरोना भाइरसको प्रकोपको सुरुदेखि नै विश्‍वभरका विभिन्‍न सरकारी तथा गैर सरकारी निकायहरुले कोरोना भाइरसको संक्रमणको अवस्थाबारे लुकाएको भन्दै चीनमाथि आरोप लगाइरहेका छन् ।

र्‍यान्डले कोरोना भाइरसको संक्रमणमा कमर्सियल एयर ट्राभलको भूमिका बारेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

थिंक ट्यांकले चीनमा कोरोना संक्रमितको संख्या अझै पूर्णरुपमा गणना भइनसकेको र अहिले देखिएको भन्दा ३५-४० गुणा बढी भएको बताइएको छ।

जनवरी, २०२० मा चीनमा देखिएका कोरोना संक्रमितण जनवरी २२ मा जापान, दक्षिण कोरिया, थाइल्यान्ड, अमेरिका र ताइवान पुगेको थियो ।

डिसेम्बर ३१ देखि जनवरी २२ सम्म चीनमा १७२ जना कोरोना संक्रमित फेला परेका थिए । जुन ८ दशमलव २ मिलियनमा एकजनामा संक्रमण भएको पाइन्छ ।

यही अवधिमा चीनबा एक मिलियन यात्रुहरु जापान र थाइल्यान्ड गएका थिए भने सात लाख ५० हजार दक्षिण कोरिया, पाँच लाख मानिसहरु संयुक्त राज्य अमेरिका र चार लाख मानिसहरु ताइवान उडेका थिए । सो अवधिमा यति धेरै मानिसहरु उडेका कारण संक्रमण चीनमा धेरै रहेको र उनीहरुबाट अन्य व्यक्तिमा विभिन्‍न मुलुकमा संक्रमण भएको पाइन्छ ।

अहिले चीनले संक्रमित र संक्रमणबाट मृत्यु हुनेहरुको वास्तविक तथ्यांक लुकाएको आरोप लगाइएको छ ।

Facebook Comments