चिनियाँ सैनिकभित्र फुट उत्पन्‍न हुँदा कमजोर बन्दै पीएलए

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्गतको चिनियाँ नेतृत्वले छलकपटको कलामा पोख्त छ । राष्ट्रपति सी जिन पिङले तियानमेन स्क्‍वायरमा चिनियाँ सेना पिपुल्स लिब्रेसन आर्मीले प्रदर्शन गरेको मार्च पास, हतियारजडित सैन्य सवारीको प्रदर्शन, सैन्य हेलिकोप्टर र विमानको लहरको अवलोकन गरेर कुनै पनि किसिमको युद्धलाई परास्त गर्न सक्न आफ्नो सेना सक्षम भएको भ्रम सिर्जना गरेका छन् ।

सैन्य शक्तिको भ्रमले निर्वाचित नभएरै शासन सत्तामा पुगेका चिनियाँ शासकको वैधताको मृगतृषणालाई प्रबर्दधन गर्ने काम गरिरहेका छन् । तर, हतियारमा बढी ध्यान केन्द्रित भएको पीएलएको नयाँ पिँढीको फुटको स्थिति पैदा हुँदा पीएलए नै कमजोर बन्‍ने स्थितिमा पुगेको छ । मुलुकको एक सन्तान नीतिका कारण उनीहरु युद्धमा होमिन चाहँदैनन् र घरमै सुरक्षति भएको महसुस गर्छन् ।

त्यसैगरी पीएलएभित्र भ्रष्टारचार र आक्रोश बढ्दै गएको छ । सन् २०१७ मा डोक्लाम युद्धमा जसरी चिनियाँ सेनाहरुको अहंकारको अपमान भएको थियो, त्यसैगरी अहिले गलवान भ्यालीमासमेत यही नियती दोहोरिएको छ ।

गलवान भ्यालीमा बिहार रेजिमेन्टमा कर्णेल सन्तोष बाबु नेतृत्वको टोलीले पीएलएलाई प्रतिकार गरेका कारण उनीहरु झनै अपमानितसमेत भएका छन् ।

Facebook Comments