गलवान भ्यालीमा ५६ चिनियाँ सैनिक मारिएको खुलासा!

एजेन्सी ।  १५-१६ जूनमा पूर्वी लद्दाखको गलवान भ्यालीमा वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय क्षेत्रमा प्रवेश गरेका चिनियाँ सेनामाथि भारतीय सेनाले प्रतिकार गरेका थिए । जसमा ५६ जना चिनियाँ सैनिकको मृत्यु भएको भारतीय सेनाको स्रोतले जनाएको छ ।

भारतीय क्षेत्रमा प्रवेश गरेका चिनियाँ टोलीका कर्णेललाई भारतीय सेनाले नियन्त्रणमा लिएको थियो । उक्त क्षेत्रमा भएको हिंसात्मक झडपपछि भारतीय सेनाका २० हेलिकोप्टर आएर आफ्नो सैनिकको शव लगेका थिए ।

उक्त हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको भारतले सार्वजनिक गरेको छ । तर, चिनियाँ सेनाले भने आफ्नोतर्फ मृत्यु भएका सैनिकको संख्याका विषयमा केही खुलाएको छैन ।

सुरुआतमा चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले आफ्ना ३० सैनिक मारिएको सार्वजनिक गरेको थियो । पछि चिनियाँ सैनिकको हौसलामा आँच आउने भन्दै ग्लोबल टाइम्सले यो समाचार नै वेबसाइटबाट हटाएको थियो ।

चीनले कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको वास्तविक संख्यामा पनि अहिलेसम्म खुलासा गरेको छैन । त्यही अनुरुप चिनियाँ सेनाको मृत्युको खबर पनि लुकाएको छ ।

चिनियाँ सैनिकले भारतमा पर्ने तर विवादित बनाइएको भूमि गलवान भ्यालीमा क्याम्प स्थापना गरेका थिए । यसअघिको समझदारीमा भारत-चीन कुनै पनि पक्षले यस क्षेत्रमा कुनै पनि किसिमको संरचना बनाउने र टेन्ट राख्‍न नपाइने, उक्त क्षेत्रमा नबस्‍ने अथवा उक्त क्षेत्रमा गोली चलाउन नपाइने उल्लेख छ ।

जून ६ मा भारत-चीनबीच भएको सैन्य वार्ताका क्रममा दुबै चीनले उक्त क्षेत्रबाट आफ्ना सेना हटार्ने सहमतिमा हस्ताक्षर भएको थियो । तर, उक्त सहमति उल्लंघन गर्दै चीनले भारतमाथि आक्रमण गरेको थियो ।

१५-१६ मा कर्णेलसहित बिहार रेजिमेन्टका २० जना सैनिक गस्तीका लागि गएका थिए । यद्पि भारतीय क्षेत्रतर्फ आएका चिनियाँ सैनिकले उनीहरुमाथि आक्रमण गरेको थियो ।

अहिले भारतीय सेनालाई गलत देखाउन पीएलएले उक्त क्षेत्रबाट टेन्ट हटाएको छ ।

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित