एजेन्सी । गलवान उपत्यकामा भारत र चीनका सेनाबिच भएको भिडन्तपछि चीनले लगातार विभिन्न दाबी र टिप्पणीहरु गरिरहेको छ । कोरोनासँग लडिरहेको कोरोना फैलाउने चीनको विदेश मन्त्रालयले गलवान उपत्यकाको स्वामित्व चीनसँग रहेको र भारतीय सेनाले सीमा नाघेकाले भिडन्त भएको आरोप लगाएको थियो ।
त्यसको जवाफमा भारतको विदेश मन्त्रालयले भारतीय सेनाले कहिल्यै पनि वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गर्ने प्रयास नगरेको जवाफ फर्काएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तावले भनेका छन्, “गलवान उपत्यकालाई लिएर भारतको स्थान ऐतिहासिक रुपमै स्पष्ट छ । चीनले एलएसीलाई लिएर भइरहेका पछिल्ला दाबी कुनै पनि रुपमा स्वीकार्य छैन ।”
भारतको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा गलवान उपत्यकासहित भारत–चीन सीमाको वास्तविक नियन्त्रण रेखासँग जोडिएका क्षेत्रबारे भारतीय सेनालाई पूर्ण जानकारी रहेको र त्यसको पूर्ण सम्मान पनि गर्ने उल्लेख छ । भारतीय सेनाले कहिल्यै पनि एलएसी पार गर्ने प्रयास नगरेको भारतले बताएको छ ।
भारतीय सेनाले लामो समयदेखि सो क्षेत्रमा सुरक्षा गर्दै आएको र सेनाबाट जति पनि निर्माण कार्य भएका छन् ती सबै भारततर्फ नै रहेको भारतले स्पष्ट पारेको छ । मे देखि नै चिनियाँ सैनिकले गस्तीमा रहेका भारतीय सैनिकलाई अवरोध गर्ने गरेको थियो ।
Facebook Comments