एक चीन नीतिविरुद्ध सामाजिक सञ्‍जालमा ह्यासट्याग अभियान सुरू

एजेन्सी । काेरोना महामारीको उत्पत्ति भएको मुलुक चीनको शंकास्पद एक चीन नीतिविरुद्ध सामाजिक सञ्‍जालमा ह्यासट्यागमा #JunkOneChina अभियान सुरु गरेका छन् ।

चीनको विस्तारवादी नीति र हङकङ, ताइवान, तिब्बत र सिन्जियाङमा अस्थिरता उत्पन्‍न गराउने शोषणको नीतिविरुद्ध ट्विटरमा यो अभियान सञ्‍चालन गरिएको छ ।

उनीहरुले चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख सी जिनपिङले उत्पन्‍न गराउने खतराहरुविरुद्ध आवाज उठाइरहेका छन् ।

उनीहरुले भनेका छन्, “कहिले पनि एक चीन सम्भव छैन । यो चिनियाँ कम्युनिस्ट पार्टीले जनतलाई भ्रमित पार्न रचना गरेको शंकास्पद र विवादित नीति हो । यसले मानवअधिकारको उल्लंघनकर्ताले आफूलाई महान देखाउन यस्तो नीति ल्याएको हो ।

थप भनेका छन्, “उइगरह, तिब्बतीयनहरु र ताइवानीहरु, मन्चुरियनहरु र हङकङबासीहरुले चीनको यस्तो नीतिविरुद्ध लडेर चिनियाँ कम्युनिस्ट पार्टीको जेलबाट मुक्त हुनुपर्छ ।” अहिले सिंगो विश्वलेसमेत चीनविरुद्ध आवाज उठाउनुपर्छ । चीनको एक चीन नीति र सीको अधिनायकवादी शासनबाट मुक्त हुनका लागि पश्चिमा मुलुकले फेरि पनि दोस्रो विश्वयुद्धमा गरेको गल्तीलाई दोहोर्‍याउन नहुने बताइरहेका छन् ।

विश्वका लागि चीन ठूलो टाउको दुखाई बनिरहेको छ । अर्को एक ट्विटरप्रयोकर्ताले भनेका छन्, “भारतले पनि चीनको एक चीन नीतिविरुद्ध बोल्नुपर्छ । जहाँ चीनले धेरै पीडा दिएको छ त्यहीबाट चीनलाई पनि जवाफ फर्काउनुपर्छ । चिनियाँ उत्पादन बन्द गर्नुपर्छ ।”

आफ्नो आर्थिक प्रगतिका लागि चीनले अहिले चिनियाँ उत्पादनको प्रयोगलाई जोड दिइरहेको छ । विश्वलाई यस्तो संकटको बेला पनि नक्कली सामग्री उत्पादन गरेर दुख दिएको र ठगी गरेको भन्दै विश्व समुदायले चीनको आलोचना गरिरहेका छन् ।

Facebook Comments