एजेन्सी । बलूचिस्तानमा कार्यरत पाकिस्तानको इन्टर सर्भिस ईन्टेलीजेन्स (आईएसआई) का एक वरिष्ठ अधिकारी बृगेडिएर हसन अफजलको शनिबार काेभिड-१९ को कारण मृत्यु भएको छ।
हसन आईएसआई का सेक्टर कमाण्डर थिए र उनको मृत्यु पाकिस्तानको यस समस्याग्रस्त प्रान्तमा चिकित्सा सुविधाको पूर्ण अनुपस्थितिको कारण भएको हो।
बलूचिस्तानमा ९ हजारभन्दा बढी कोरोनाको केस देखिएको छ जुन विज्ञहरूले आगामी महिनाहरूमा बढ्ने बताएका छन्। पाकिस्तानको सब भन्दा कम विकसित प्रान्त बलूचिस्तानमा कोभिड-१९ बिरामीहरूको उपचार गर्नको लागि सुपर-स्पेशलिटी अस्पताल छैन।
स्वास्थ बिभागका महानिर्देशक डा. सलीम अब्रोले भर्खरै एक पत्रकार सम्मेलन गरि केही महिनामा १ लाखभन्दा बढी सन्क्रमित हुने चेतावनी दिएका थिए । “जुलाईदेखि सेप्टेम्बरसम्म हामी कोरोनाभाइरस संक्रमणको चरम अवस्थामा हुनेछ र अवस्था खतरनाक हुन सक्छ “, उनले भने । प्रान्तमा करिब ४० प्रतिशत जनसंख्या अहिले संक्रमित छन”, डा अब्रोले मिडियालाई भने।
पाकिस्तानको कोरोनाभाइरसको कारण मृत्यु हुनेको संख्या ३४३६ पुगेको छ जबकि संक्रमणको कुल संख्या शनिबार १७४६७६ पुगेको छ।
Facebook Comments