कोरोनाकाे असर : यसरी बदलिँदैछ सम्बन्धको संसार

काठमाडौँ । कोरोना भाइरस महामारीपछि विश्वभर मानिसका सम्वन्धमा बदलाव आएका छन्। एउटा भाइरसले विश्वलाई पुरै बदलेको छ। लकडाउनपछि मानिसहरु एउटै छानामुनी रहन बाध्य भए। परिवारमा साथ-साथ लामो समय विताउन थाले। अनी सम्वन्धका तनाब खुलेर बाहिर आउन लागे। साथीहरुसँग धेरै समय विताउने मानिसको उनीहरुसँग दूरी बढ्न थाल्यो।

महामारीबाट बच्नको लागि मानिसहरु घरभित्रै सिमित भए। अर्थतन्त्रमा आएको समस्याले सम्वन्धमा आर्थिक समस्या पनि थपियो। समयसँगै सम्वन्धमा तनाब सुरु भएका घटनाहरु बाहिरिन थाले।

कोरोना भाइरस सुरुमा चीनमा देखिएको थियो। यो भारसले सम्वन्धहरुमा पनि चीनबाटै प्रभाव पार्न सुरु गर्यो। चीनको शाक्ची प्रान्तमा यसका खराब उदाहरण देखिए। यहाँको सियान शहरमा सम्वन्ध विच्छेदको बाढी नै आयो। अनलाईन दुनीयामा सियान डिभोर्सको ह्यासट्याग राखेर सवा तीन करोड पोष्टहरु भए।

महामारीले सँधै नराम्रो खवर मात्र पनि निकाल्दैन। यसका केही सकारात्मक प्रभाव पनि देखिएका छन्। यसका कारण परिवार र साथीहरुबीचको सम्वन्ध बलियो समेत बनेको छ। आज मानिस परिवारको चिन्ता धेरै गर्न थालेका छन्। मानिसलाई पारिवारिक सम्वन्ध के हो भन्ने महसुश हुन पनि थालेको छ। मानसिक स्वास्थ्य प्रति सजग हुन थालेका छन्। मानिसहरुमा सामुदायीक एकताको भावना बलियो बनेको छ। एक दोस्रोलाई सहयोग गर्ने भावना पनि बढेको छ।

वुहान शहर जहाँबाट यो महामारीको सुरुवात भएको थियो, त्यहाँ पनि दाम्पत्य जीवन खतरामा परेको देखिएको छ।

चीनमा सन् २००३ देखि सम्वन्ध विच्छेदका घटना लगातार बढिरहेका थिए। त्यहाँ वीच्याटबाट समेत सम्वन्ध विच्छेको प्रक्रिया सुरु हुन सक्छ।

लामो समय घरमा विताउँदा मानिसहरुमा सम्वन्ध विच्छेद मात्र होइन घरेलु हिंसाका घटनाहरु पनि बढे। घरेलु हिंसाका मामिला यूरोपमा पनि त्यसरी नै बढे। हेल्पलाइनमा कलको दर बढ्न थाल्यो। चीन र हङकङमा यसबाट बच्नको लागि महिलाहरु आफ्नो बच्चाका साथ सेल्टर होममा जान थाले। हङकङको सेल्टर होममा रहेकी एक महिला पिंग पिंग (बदलिएको नाम) भन्छिन्, ‘पहिलेदेखि हाम्रो राम्रो सम्वन्ध थिएन। लकडाउनका कारण यो बढ्दै गयो हरेक कुरामा मारपिट हुन थाल्यो।’ उनी र श्रीमानबीच घरको सफाई र खाना बनाउनेसम्मका कुरामा तनाब बढ्न थाल्यो।

हङकङको स्वयमसेवी संस्था हर्मनी हाउसकी सुजना ल्याम भन्छिन्, ‘हङकङमा पुरै तरिकाबाट लकडाउन भएन तर जुन घरमा हिंसा भएन त्यहाँ अलग तरिकाको तनाब पाइयो। घरको सरसफाई होस् या भौतिक दुरी कसरी कायम गर्ने भन्नेमा झगडा बढे।’

अहिलेको समयमा साना साना कुरामा झगडा बढेको बताउँछन् मनोचिकित्सक शर्मीन श्राफ। स्कुल बन्द हुँदा बच्चाहरु घरमा नै छन्। वर्क फ्रम होमले गर्दा घर अफिस जस्तै भएको छ। महिलाहरुलाई यी सबैको बोझ बढिरहेको छ। विज्ञ भन्छन् कोरोनाका कारण जागिर गुमाउनुको दुष्प्रभाव महिलाले बढि उठाउनु परेको छ। संघाईकी सुसी गाओ भन्छिन् अहिले पुरुषले आर्थिक बोझ झेल्नु परेको छ भने महिलाले घरको कामकाजको बोझ उठाउनु परेको छ।

आमरुपमा मानिस घरेलु तनाब कम गर्नको लागि साथी या सहकर्मीको सहारा लिने गर्छ। तर सामाजिक दूरी राख्नुपर्ने कारण यो सपोर्ट सिस्टममा पनि दूरी आउन थाल्यो। मानिसहरु जिम जान छोडे, घुमफिर वा रेष्टुरेन्ट जाने काम पनि बन्द भयो। मानिसहरु सामाजिक सञ्जालमा धेरै समय विताउन थाले। तर सबै मानिसहरु टेक्नोलोजी उपलव्ध छैन। भर्चुअल संसारले मानिसलाई राहत दिए पनि एक्लोपन महसुश गराउन थाल्यो।

महामारीले जीवनमा नयाँ नयाँ चुनौति ल्याएको छ। केही मानिसले यो समयमा सम्वन्धलाई नयाँ तरिकाबाट समीक्षा पनि गरेका छन्। केही मानिसले पुरानो सम्वन्धलाई नयाँ तरिकाबाट सुरुवात गर्ने कोशिष गरेका छन्। मानिसले अरुको होइन आफ्नै जीवनमा धेरै कुराको बदलाव ल्याउने प्रयास गरेका छन्।

वुहानमा सम्वन्ध विच्छेदका घटना मात्र बढेका छैनन् विवाहको लागि जोडि खोज्नेको संख्या पनि उल्लेख्य छ। यो समय बुहानमा विवाहको लागि जोडि खोज्नेहरुको संख्या ३ सय प्रतिशतसम्मले बढेको छ।

जानकारहरु भन्छन् महामारीपछि मनोचिकित्साको महत्व अझ बढ्न सक्छ। सन् २००३ मा सार्स महामारी सकिएपछि पनि लामो समय मानिसहरु मानसिक तनावको सिकार थिए।

महामारीले सँधै नराम्रो खवर मात्र पनि निकाल्दैन। यसका केही सकारात्मक प्रभाव पनि देखिएका छन्। यसका कारण परिवार र साथीहरुबीचको सम्वन्ध बलियो समेत बनेको छ। आज मानिस परिवारको चिन्ता धेरै गर्न थालेका छन्। मानिसलाई पारिवारिक सम्वन्ध के हो भन्ने महसुश हुन पनि थालेको छ। मानसिक स्वास्थ्य प्रति सजग हुन थालेका छन्। मानिसहरुमा सामुदायीक एकताको भावना बलियो बनेको छ। एक दोस्रोलाई सहयोग गर्ने भावना पनि बढेको छ। बीबीसी

Facebook Comments