पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यहि असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा गरिएको स्वाब परीक्षणका क्रममा पर्वत अस्पतालकै पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पाइएको पर्वत अस्पतालले एक विज्ञप्ति जारी गर्दै बताएको छ ।

एकैपटक पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पाइएपछि अस्पतालले इमर्जेन्सी सेवा बाहेकका अन्य सबै सेवा अर्को सूचना जारी नगरुन्जेलसम्मका लागि बन्द गरेको बताएको छ ।

Facebook Comments