रूकुम घटनाले लियाे नयाँ माेड, पाँच जना डाक्टरविरुद्ध मुद्दा हाल्ने तयारी

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ। तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन्। उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन्।

विगतमा घरबाटै काममा आउजाउ गर्ने उनीहरू यति खेर रूकुम घटनाको पोस्टमार्टम रिपोर्टका कारण सुरक्षा घेरामा बस्नुपरेको हो। रूकुम पश्चिमको सोतीमा जेठ १० गते ज्यान गुमाएका ६ जनाको पोस्टमार्टम रिपोर्टमा डाक्टरले जालझेल गरेको पीडित पक्षको आरोप छ।

शवको प्रकृति र प्रहरीको मुचुल्काभन्दा ‘नियोजित तरिका’ले फरक रिपोर्ट तयार गरेको भन्दै पीडित पक्ष डाक्टरविरुद्ध आन्दोलित छन्। पोस्टमार्टम रिपोर्टको विरोधमा उत्रिएकामाथि प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दा पाँच जना घाइते थिए। प्रदर्शनकारीले अस्पतालका सिसा फुटाइदिएका छन्। अस्पताल तोडफोडबाट एक्सरे मेसिन बिग्रिएको छ।

डाक्टरमाथि जुनसुकै बेला आक्रमण हुन सक्ने भन्दै स्थानीय प्रशासनले अस्पतालको आवास नछोड्न निर्देशन दिएको छ। अस्पतालमा उनीहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी र प्रहरी खटिएका छन्।

पोस्टमार्टम रिपोर्टप्रति आशंका गर्दै पीडित पक्ष विरोधमा उत्रिएपछि डाक्टरहरू अस्पतालभित्रै सुरक्षा घेरामा।
डाक्टरले पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण पानीमा डुबेर मरेको उल्लेख गरेपछि स्थानीय आक्रोशित बनेका हुन्। ‘फोक्सोमा बालुवा छ, पेटमा पानी छैन भनिएको छ। तर, मृत्युको कारणमा पानीमा डुबेर मरेको उल्लेख छ। यो कसरी हुनसक्छ’, संघर्ष समितिका सह संयोजक छवि पन्तले भने, ‘पानीमा डुबेर मरेको शवमा पानी किन छैन ? ’

उनका अनुसार एक जनाको शवको गर्धन पूरै घुम्छ तर रिपोर्टमा हड्डी भाँचिएको छैन भनिएको छ। ‘हड्डी नभाँचिएर गर्धन कसरी घुम्छ ? ’, उनले भने, ‘यसकारण रिपोर्ट पूरै शंकास्पद छ। यो रिपोर्ट कसैको दबाब र प्रभावमा तयार पारिएको हो।’

पोस्टमार्टम रिपोर्टमा डाक्टरद्वय महेश सिलवाल, सुनील पुनसहित अमिन शाह, रोहित दाहाल र औसरसिंह राठौरले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। स्वास्थ्य सेवा कार्यालय प्रमुख रहेका डा. पुन रुकुम निवासी भएकाले ‘उनको षड्यन्त्रमा रिपोर्ट उल्टो बनाइएको’ पीडित पक्षको आरोप छ। डा. मल्लका नातेदार पीडक पक्ष भएकाले उनले आफू नदेखिएर पोस्टमार्टम रिपोर्ट कमजोर बनाउन खोजेको मृतक नवराज विकका बुवा मुनलाल विकको आरोप छ। अधिवक्ता तथा डा. मल्लका बुवा भक्तबहादुर मल्ल पीडकको पक्षमा वकालत गर्न रुकुम पुगेका छन्। डा. मल्ल भने पोस्टमार्टम कार्यमा संलग्न नभएको अस्पतालले जनाएको छ।

अस्पतालका डा. पुनले पीडित पक्षले लगाएको आरोप गलत भएको दाबी गरे। ‘हाम्रो रिपोर्टमा कज अफ डेथमा ड्रोइङ भन्ने छ। ड्रोइङ भन्नेबित्तिकै डुबेको भन्ने मात्रै अर्थ लाग्दैन। डुबाइएको भन्ने पनि हुन्छ’, उनले भने, ‘हामीले जे देख्यौं, त्यही लेख्यौं। हामीलाई न कसैको दबाब न त कसैको प्रभाव छ।’ अर्का डा. अमिन शाहले अनायासै विवाद गर्दा आफूहरू असुक्षित भएको बताए। आन्दोलनको नेतृत्व स्थानीय संघर्ष समितिले गरेको छ। प्रशासनले आन्दोलन फिर्ता लिन आग्रह गरे पनि समितिले झन् कडा बनाउँदै पोस्टमार्टम रिपोर्ट तयार गर्ने पाँच जना डाक्टरविरुद्ध मुद्दा हाल्ने तयारी थालेको छ।

ताजा अपडेट

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चीनको क्रिप्टोकरेन्सी आक्रमणले विदेशिँदै कम्पनीहरु

बेइजिंग । बिटकोइन माइनरहरुले बेइजिंगको नयाँ क्रिप्टोकरेन्सी आक्रमणले चीनबाहिर काम गर्न खोजीरहेका छन् । विश्वको बिट्कोइन माइनिंगमध्ये दुई तिहाइ रहेको चीनमा पछिल्लो समय भने...

त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा कहिलेदेखि हुन्छ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक...

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेका छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता...

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । मौलापुर नगरपालिकाको बिहीबारको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ...

पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ

तनहुँ । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको...

बलात्कारको प्रतिकार गर्दा घाँटी थिचेर हत्या, युट्युबमा भाइरल सन्तोषीको हत्या आरोपी सार्वजनिक

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा युट्युवमा भाइरल महिला सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले...

चर्चित