सर्वोच्चद्बारा सीके राउतले पाए सफाइ

काठमाडौं । जनमत पार्टीका संयोजक चन्द्रकान्त (सीके) राउतले राज्य विरुद्धको अपराध मुद्दामा सफाइ पाएका छन्। उनीसहित १६ जनाले सफाइ पाएको हुन्।

सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले राउतसहित १६ जनालाई सफाइ दिएको हो।

मधेस विभाजनको अभिव्यक्ति दिएको भन्दै राउतसहित उनको एक समूहविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो। यसअघि राउतलाई विशेष अदालतले सफाइ दिएको थियो।

विशेषको फैसला त्रूटीपूर्ण भन्दै सरकारले सर्वोच्चमा पुनरावेदन गरेको मुद्दाको सुनुवाइ बुधबार भएको हो। सरकारको पुनरावेदनमा सुनुवाई गर्दै बुधबार सर्वोच्चले विशेषकै फैसला सदर गरेको हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.