जनकपुरमा मेयरविरूद्ध कार्यालय अगाडि नै वडाध्यक्षको नाराबाजी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरमा जनतामुखी काम हुन नसकेको भन्दै वडाध्यक्षहरु पछिल्ला दिनमा उपमहानगरपालिका प्रमुख लालकिशोर साहविरुद्ध खनिदै आइरहेका छन्। वडाध्यक्षहरु कहिले बोर्ड बैठकमा त कहिले अलग्गै बैठक गरेर प्रमुख लालकिशोर साहलाई वडाको विकासका लागि दबाब बनाउँदै आएपनि बेवास्ता गरेकाले वडाध्यक्षहरुसँग उनको तिक्तता बढ्दै गइरहेको वडाध्यक्षहरुको भनाइ छ।

यसै क्रममा जनकपुरधामका एक वडाध्यक्ष वडावासीसँगै उपमहानगरको कार्यालय अगाडि पुगेर प्रमुख साहविरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन समेत गरेका छन्। आफ्नो वडाको विकासका लागि पटकपटक दबाब बनाउँदै आएपनि कुनै सुनुवाई नभएकोले मेयरविरुद्ध आफू वडावासी सहित प्रदर्शन गर्न बाध्य भएको वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साहले बताए।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले वडा विकासका लागि आवश्यक रकम नछुट्याएको भन्दै वडाध्यक्ष साहको नेतृत्वमा स्थानीयहरुले बुधवार विरोध प्रदर्शन गरेका हुन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा महिनौँदेखि जीर्ण सडक निर्माण गर्न आग्रह गर्दा पनि मेयर साहले कुनै चासो नदेखाएको भन्दै सो वडाका स्थानीयहरूले उपमहानगर कार्यालयको मूल गेट अगाडि नै उनीविरुद्ध नारावाजी गरेका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.