गालवन क्षेत्र चीनको भूमि हो, हामी थप झडप चाहँदैनौं : चीन

एजेन्सी । चीनले सीमामा भारतसँग फेरि झडप होस् भन्ने नचाहेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हउ लिजियनले सोमबार राति भएको झडपमा गल्ती चीनको नरेहेको भन्दै कुटनीतिक र सैन्य च्यानलबाट छलफल भइरहेको बताए।

‘उक्त झडपमा सही र गलत बारे सबै प्रस्ट छ। त्यो घटना चिनियाँ क्षेत्रमा रहेको लाइन अफ एकच्युल कन्ट्रोलमा भएको हो। त्यसमा चीनलाई आरोप लगाउन पाइदैन।’

उनले भारतलाई आफ्नो सेनालाई सीमा क्षेत्रमा निर्धारित क्षेत्रमा राख्न आग्रह समेत गरे। चिनियाँ विदेश मन्त्रालयका अनुसार भारतीय सेना गालवन क्षेत्रको चिनियाँ भूमिमा प्रवेश गरेपछि दुवै पक्षबीच झडप भएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.