३६ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ। सोमबार बेलुका प्रहरी प्रधान कार्यालयले असार महिनाको तलब भत्ता खाने गरी ३६ जना एसपीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार मोरङ जिल्लामा सन्तोष खड्काको सरुवा भएको छ भने कास्की जिल्लामा जिबन श्रेष्ठलाई पठाइएको छ। त्यस्तै कपिलबस्तुमा नवराज अधिकारी र बाँकेमा ओम रानाको सरुवा भएको छ। बाँकेमा सरुवा भएका राना बिबादास्पद एसपी हुन।

त्यस्तै पाल्पामा दिपक खरेल, सिरहामा उमाशंकर पन्जियार, तनहुँमा अरुण पौडेल, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी थापालगायतको सरुवा भएको छ।

सरुवा सूची अनुसार गोविन्द अधिकारी धनकुटा, जनकराज पाण्डेय डोटी, टीकाबहादुर केसी महोत्तरी, डम्बरबहादुर विक बुटवल ट्राफिक, दीपक रेग्मी पूर्वी नवलपरासी, भीमबहादुर दाहाल उदयपुर, राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सुरेन्द्रबहादुर गुरुङ गोरखा र संजीव शर्मा दास इटहरी ट्राफिक सरुवा भएका छन् ।

सरूवा सूची

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.