फेरि स्थगित भयाे सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएकाे छ। आज ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको आजको बैठकले अर्थमन्त्री युवराज खतिवडा र पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओ‌लीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको बताइएको छ। यसअघि एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियाे।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.