एजेन्सी । सलहको झुण्डले अफगानिस्तानबाट खैबर पख्तूनख्वाका कृषि क्षेत्रहरूमा आक्रमण गर्न नयाँ कोरिडोर फेला पारेको छ।
“खैबर पख्तूनख्वाको बिभिन्न क्षेत्रमा विशेष गरी डेरा इस्माईल खान जिल्लामा बालीनाली नोक्सानी भएको बताइएको छ, जहाँबाट यी सलह झुण्डले पंजाब प्रवेश गरिका थिए । यसैले पाकिस्तानको खाद्यान्नमा गम्भीर खतरा देखा परेको छ।
एक राष्ट्रिय सम्मेलनमा सलहको बारेमा छलफल गर्दै राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सय्यद फखर इमामले सरकारले चार देश इथियोपिया, सोमालिया, इरिट्रिया र पाकिस्तानमा प्रवेश गर्ने सलहबारे सरकार सतर्क रहनु पर्ने बताए ।
अफगानिस्तानबाट आउनलागेको नयाँ झुण्डको आक्रमण पछि पाकिस्तानको स्थिति झन बिग्रिने प्रक्षेपण गरिएको छ ।
किस्तानमा मरुभूमि सलहको स्थिति द्रुत बिग्रँदै गएको र झुण्डले अफगानिस्तानबाट खैबर पख्तूनख्वाका कृषि क्षेत्रहरूमा आक्रमण गर्न नयाँ कोरिडोर फेला पारेको छ।
उनले मरुभूमिको सलहको नयाँ झुण्डहरूले आगामी दुई हप्ताहरूमा इरानबाट बलूचिस्तान प्रवेश गर्ने बताए । उनले भने कि यो प्रान्त सबैभन्दा पहिले नै सबैभन्दा बढी प्रभावित भएको छ र यसका ३३ जिल्लाहरूमा सलहले आक्रमण गरेको छ।
सरकारले खाद्य र कृषि संगठन (एफएओ) सँग समन्वय गरिरहेको छ जसले पाकिस्तानमा दैनिक रूपमा यस क्षेत्रमा सलहको झुण्डबारे जानकारी गराइरहेको छ।
Facebook Comments