भारतीय सेना प्रमुख नरवणेले भने- नेपालसँगको सम्बन्ध सँधै मजबूत छ

दिल्ली – भारतिय सेनाका सेना प्रमुख एमएम नरवणेले नेपालसँगको सम्बन्ध धेरै मजबूत भएको दावी गरेका छन् । नेपाल भारतबीच सीमा विवाद बढिरहेका बेला सेनाप्रमुख नरवणेले शनिवार देहरादुनमा बोल्दै दुवै देशवीच सांस्कृतिक संम्बन्ध सधै मजबूत रहेको भन्दै भारत र नेपालबीचको सम्बन्ध सधै बलियो हुने धारणा व्यक्त गरे ।

यसअघि उनले सीमा मिचिएको भन्दै नेपालमा सुरु भएको आन्दोलनमा उत्तरी छिमेकी मुलुकको उक्साहट भएको अभिव्यक्ति दिएपछि विवादमा आएका थिए । उनले भने ‘हामी भौगोलिक,सांस्कृतिक,ऐतिहासिक एवंम् धार्मिक कडीबाट बाँधिएका छौँ । हामी दुवै देशका जनतासमेत मजबूत सम्बन्धद्धारा जोडिएका छौं । हाम्रो नेपालसँगको सम्बन्ध सधै मजबूत रहँदै आएको छ । आगामी दिनमा समेत सम्बन्ध मजबूत रहन्छ ।’

नेपालले लिपुलेख, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेको छ । आजै संसदले संविधान संशोधनको विद्येयक समेत प्रतिनिधिसभाबाट पारित गर्दैछ । उनले भारत र चीनबीच लद्दाखमा जारी गतिरोधको मामला पनि समाधान हुनेतिर अघि बढिरहेको बताएका छन् । थलसेना प्रमुखले नरवणेले चीनसँग जोडिएको सीमा क्षेत्रमा स्थिति पुरै नियन्त्रणमा रहेको बताए ।

Facebook Comments