कोरोना अस्पताल सञ्चालनमा आयाे

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल परिसरमा निर्मित कोरोना अस्पताल सञ्चालनमा आएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ५० श्ययाको उक्त अस्पतालको आज यहाँ शुभारम्भ गर्दै सुदूरपश्चिममा कोरोनाको जोखिम हुन नदिन उच्च प्राथमिकताको साथ काम भैराखेको बताए।

“यहाँ स्वास्थ्य संस्थाहरुको निकै खाँचो रहेको छ ।” उन भने, “अस्पतालमा आउने सङ्क्रमितलाई तिरस्कार गर्नुहुन्न ।” उनले सङ्क्रमितलाई उच्च मनोबल बढाउने कार्यमा सबैले जुट्नुपर्ने बताउनुभयो । “असाध्यै जटिल अवस्था छ । संसार सङ्क्रमित छ ।” उनले भने, “हाम्रोमा अरु प्रदेशभन्दा अहिलेसम्म सङ्क्रमण कम छ ।”

महाकाली अस्पताललाई उपप्रादेशिक अस्पतालका रुपमा विकास गर्न तयारीमा भइरहेको उहाँको भनाइ थियो । रु ९२ लाख ५४ हजारमा विपिन विल्डर्सले निर्माणको जिम्मा पाएको थियो ।

महाकाली अस्पतालले नयाँ सङ्क्रमित भएर आउने बिरामीले नवनिर्मित भवनमा राखिने जनाएको छ । हाल अस्पतालमा कञ्चनपुर र कैलालीका गरेर ३३ जना सङ्क्रमित उपचाररत रहेका छन् । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.