सोलुखुम्बुका पहिलो कोरोना सङ्क्रमित निको भए

सोलुखुम्बु । सोलुखुम्बुका एक मात्र कोरोना सङ्क्रमित युवा निको भएर घर फर्किएका छन् ।

विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय युवा निको भएर बिहीबार घर फर्किएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेलले जानकारी दिए ।

करिब १४ दिनको उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यद्यपि उनलाई केही दिन भने होम क्वारेन्टिनमा नै राखिने छ ।

गत जेठ १५ गते सङ्क्रमण पुष्टि भएर उपचारका लागि विराटनगर लगिएको थियो । उनीसँगको सम्पर्कमा रहेका घरपरिवार, स्वास्थ्यकर्मीसहित ५० जनाको पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो । रासस

Facebook Comments