राप्रपा र रास्वपाले गरे संसद् बैठक बहिष्कार, उच्चस्तरीय छानबिन समिति गठनको माग

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

आइतबारको संसद बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले तत्काल छानबिन समिति गठन गर्नुपर्ने मागसहित अवरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले क्रमशः रास्वपाका सांसद मनिष झा र राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्न समय दिएका थिए ।

सांसद झा र सिंहले भिजिट भिसाको नाममा ठगी, मानव तस्करी र प्रशासनिक लापरबाहीको श्रृंखला सार्वजनिक भइरहे पनि सरकार गम्भीर नदेखिएको आरोप लगाए।

उनीहरूले जबसम्म स्वच्छ, स्वतन्त्र र अधिकारसम्पन्न उच्चस्तरीय छानबिन समिति गठन हुँदैन, तबसम्म संसदको कारवाहीमा सहभागी नहुने स्पष्ट पारे।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.