पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन्।

पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

तिलौराकोटको ऐतिहासिक र पुरातात्त्विक महत्त्वका कारण स्थानीय स्तरमा लामो समयदेखि यसलाई विश्वसम्पदा सूचीमा राख्न माग हुँदै आएको छ।

हाल युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीमा २१ सदस्य राष्ट्र छन्, जसमा एसियाबाट भारत, कतार, जापान र कोरियाजस्ता देशहरू प्रतिनिधित्व गर्छन्।

कमिटीमा बहुमतको आधारमा निर्णय हुने व्यवस्था रहेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.