आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ : मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई उसले कल्पना गरेभन्दा बढी सजाय मिल्ने दाबी गरेका छन् ।

कश्मिरको हमलापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका मोदीले सजाय गरेरै छाड्ने बताए ।

‘जसले यो हमला गरेको छ । उसको हर हिसाबमा सजाय मिल्छ, मिल्छ,’ प्रधानमन्त्री मोदीले भनेका छन्, ‘उसको कल्पना भन्दा धेरै सजाय मिल्छ । सजाय मिल्छ नै ।’

उनले यो घटनापछि सरकारले घाइते परिवारको उपचारका लागि सबै प्रयास जारी राखेको जानकारी पनि गराए ।

‘यो आतंककारी हमलामा कतिले आफ्ना छोरा गुमाएका छन्, कसैले भाइ गुमाएका छन्, कतिले आफ्ना जीवनसाथी गुमाएका छन्,’ मोदीले भनेका छन् ।

उनले सिंगो देश नै एउटै आक्रोश र दुःखमा रहेको बताएका छन् । ‘यो हमला पर्यटकमाथि मात्रै भएको होइन । देशकै दुष्मनले भारतको आत्मामाथि हमला गर्ने दुस्साहस गरेका छन् ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.