अमेरीकाले चिनियाँ सामानलाई लक्षित गर्दै बढायो कर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत पुगेको ह्वाइट हाउसले पुष्टि गरेको छ।

ट्रम्पको एक आदेशअनुसार ह्वाइट हाउस दर्जनौँ देशका लागि ९० दिनका लागि थप कर वृद्धिको योजनालाई थाती राखेपनि चीनविरूद्ध लगातार कर वृद्धिको घोषणा गरेको छ।

उनले चिनियाँ आयातमा नयाँ करको घोषणा गर्दै कुल कर दर १२५ प्रतिशत पुर्‍याएका छन्। यो आँकडा फेन्टानिल आपूर्ति श्रृङ्खलामा चीनको कथित भूमिकालाई लिएर यस वर्षको शुरुमा २० प्रतिशत अतिरिक्त शुल्क लगाएमाथि थपिएको हो। यससँगै ट्रम्पले यो वर्ष चिनियाँ उत्पादनमा लगाएको कुल कर १४५ प्रतिशत पुगेको छ।

तर वासिङ्टनले अनुचित ठानेका अभ्यासलाई सम्बोधन गर्ने उद्देश्यले चीनबारे पछिल्लो १२५ प्रतिशतको आँकडामा उल्लेखनीय बहिष्करण समावेश छन्।

यसमा स्टिल र आल्मुनियमको आयात साथै सवारी साधनजस्ता उत्पादनहरू समावेश गरिएको छैन । ट्रम्पले आफ्नो फरक फरक कार्यकालमा अलगअलग गरी २५ प्रतिशत कर लगाएका थिए। यो सङ्ख्या तामा, फार्मास्युटिकल्स, सेमीकण्डक्टर, काठ र ऊर्जा उत्पादनजस्ता सामानमा पनि लागू हुँदैन।

यी सबै कुराले वासिङ्टन र बेइजिङबीच तनाव बढिरहेका वेला पनि करको स्तरको जटिल चित्र प्रस्तुत गरेको छ । राष्ट्रपति ट्रम्पले चिनिया सामानको आयातमा बुधवार ९ अप्रिलदेखि १०० प्रतिशतभन्दा बढी कर लगाउने चेतावनी दिएसँगै दुई देशबीच पूर्ण स्तरको ‘व्यापार युद्ध’ हुने सम्भावना देखिएको छ।

चीनले अमेरिकासँग नझुक्ने र ‘अन्तिमसम्म लड्ने’ बताएको छ। अमेरिकी निर्णयको जबाफ दिँदै चीनले पनि अमेरिकी सामानको आयातमा कडाइ गरेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.