भारतका ऊर्जामन्त्री खट्टर र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट

काठमाडौं । भारतका ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टरले नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

बिहिबार भएको भेटमा दुई नेताहरूले भारत र नेपाल बीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल गरेका हुन् ।

विशेषगरी, उनीहरूले ऊर्जा क्षेत्रमा दुई देशबीचको सहकार्यलाई कसरी अझ बलियो बनाउन सकिन्छ भन्ने बारेमा विचारविमर्श गरेको भारतीय दूतावासले एक्समार्फत जनाएको छ ।

दूतावासका अनुसार भेटवार्तामा दुवै पक्षले आपसी हित र सहकार्यका क्षेत्रहरू पहिचान गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त भेटले नेपाल र भारतबीचको सम्बन्धलाई अझ उचाईमा पुर्‍याउन मद्दत गर्ने विश्वास लिइएको छ।

Facebook Comments