भारतका ऊर्जामन्त्री खट्टर र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट

काठमाडौं । भारतका ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टरले नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

बिहिबार भएको भेटमा दुई नेताहरूले भारत र नेपाल बीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल गरेका हुन् ।

विशेषगरी, उनीहरूले ऊर्जा क्षेत्रमा दुई देशबीचको सहकार्यलाई कसरी अझ बलियो बनाउन सकिन्छ भन्ने बारेमा विचारविमर्श गरेको भारतीय दूतावासले एक्समार्फत जनाएको छ ।

दूतावासका अनुसार भेटवार्तामा दुवै पक्षले आपसी हित र सहकार्यका क्षेत्रहरू पहिचान गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त भेटले नेपाल र भारतबीचको सम्बन्धलाई अझ उचाईमा पुर्‍याउन मद्दत गर्ने विश्वास लिइएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.