भारतीय सेना दिवसको अवसरमा काठमाडौंमा विशेष समारोह

काठमाडाैँ । भारतको ७७ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले एक विशेष समारोहको आयोजना गरेको छ।समारोहमा नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल प्रमुख अतिथिको रुपमा सहभागी थिए।

समारोहलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेको भारतीय दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । उनले भारतीय सेनामा गोर्खा सैनिकहरुले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति सिग्देलले भारतीय सेनालाई ७७ औं सेना दिवसको शुभकामना दिँदै दुई देशबीचको बलियो सैन्य सम्बन्धको चर्चा गरेको दूतावासले जनाएको छ ।

सो अवसरमा उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको पनि प्रशंसा गरे।समारोहमा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा दुई देशका सेनाका उच्च अधिकारीहरु, कुटनैतिक व्यक्तित्वहरु, सरकारी अधिकारीहरु र पत्रकारहरुको उपस्थिति थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.