काठमाडौँ । अवैध तरिकाले नेपाल प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुईजना चिनियाँसहित ३ जनालाई पक्राउ गरेको छ ।
उनीहरु भारतको उत्तर प्रदेशबाट नेपाल प्रवेश गर्न लागेको अवस्थामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर–५ बाट पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जदत्त भट्टले बताए ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय लि कुआन कुई र ३५ वर्षीय एक्स ताओ छन् । एक्स ताओको साथमा पासपोर्ट फेला परेको छैन ।
भारतीय नागरिक अरबाजशेषले उनीहरुलाई गाइड गरेर नेपाल ल्याउँदै थिए ।
लि कुआन कुईको साथबाट ६ थान मोबाइल र दुईथान ल्यापटप बरामद गरेर भारतीय नागरिकसहित तिनैजनालाई अध्यागमन कार्यालय बेलहियामा पठाइएको एसपी भट्टले बताए ।
Facebook Comments