लकडाउन उलंघन गर्दै प्रदर्शन गर्नेलाई प्रहरीकाे लाठी

कास्की । लकडाउनको उलंघन गर्दै प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले लाठीचार्ज गरेको छ । ‘स्वतन्त्र पोखरेली’ को नाममा जिल्ला प्रशासन कार्यालय कास्की अगाडि भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरेको हो ।

बढ्दो कोरोना संक्रमणका बीच सरकारले नियन्त्रणमा प्रभावकारी कदम नचालेको तथा पीसीआरको दायरा नबढाएको भन्दै उनले प्रदर्शन गरेका थिए ।

लकडाउन उलंघन गर्दै प्रदर्शनमा नगर्न प्रहरीले आग्रह गर्दागर्दै नमानेपछि लाठीचार्ज भएको बताइएको छ । सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेको बताइएको छ ।

Facebook Comments