काँग्रेसले सरकारलाई कोरोनाविरुद्धको संघर्ष केन्द्रित ज्ञापनपत्र बुझाउने

काठमाडौं । नेपाली काँग्रेसले देश तथा विदेशबाट सरकारलाई कोरोना विरुद्धको संघर्ष केन्द्रित बिशेष ज्ञापनपत्र एकसाथ बुझाइने भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शमाले भौतिक दुरि कायम गर्दै असार २ गते देश तथा विदेशबाट सरकारलाई कोरोना विरुद्धको संघर्ष केन्द्रित बिशेष ज्ञापनपत्र एकसाथ बुझाइने जानकारी दिए ।

जेठ २६ गते बसको पार्टीको केन्द्रीय समिति बैठकमा कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको काँग्रेसले ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराउन लागेको हो । सोही दिन ७ प्रदेश मुख्यमन्त्रीलाई संसदीय दल र विदेशी नियोगमा जनसम्पर्क समिति मार्फत ज्ञापनपत्र बुझाउने शर्माले जानकारी दिए ।

जेठ २६ मा बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेलको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएको थियो। उक्त बैठकले पार्टी पंक्तिदलाई सरकरविरुद्ध सशक्त रुपमा प्रस्तुत हुन निर्देशन पनि दिएको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.