प्रधानमन्त्री रोजगार कार्यक्रम : १२७ युवाले गाउँमै रोजगारी पाए


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

खाेटाङ । रावाबेँसी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि १२७ युवाले गाउँमै रोजगारी पाएका छन् । गरिबीको रेखामुनि परेका र लामो समयदेखि बेरोजगार रहेका व्यक्ति तथा परिवार छनोट गरेर उनीहरुको जीविकोपार्जनका लागि गाउँमै रोजगारी दिइएको हो ।

ती युवालाई प्रतिव्यक्ति जनही दैनिक रु ५१७ पारिश्रमिक दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए । “हरेक टोलमा रोजगार उपभोक्ता समिति बनाएर युवा परिचालन गरिएको छ”, उनले भने, “ कार्यक्रममार्फत गाउँमै रोजगार पाएपछि स्थानीय बासिन्दा पनि उत्साहित भएका छन् ।”

ती युवालाई सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय भवनको रङगरोगन गर्ने, विद्यालय वरपर बगैँचा निर्माण गर्ने, विद्यालय तथा सार्वजनिकस्थल नजिक खाली रहेको जग्गामा फलफूलका बिरुवा रोप्नेलगायतका काममा खटाइएको छ । यही जेठ १ गतेबाट परिचालन गरिएका युवालाई रोजगार उपभोक्ता समितिले काममा खटाउने तथा हाजिरी राख्नेलगायतका काम गर्दै आएको रोजगार कोषका संयोजक कुमारप्रसाद दाहालले बताए ।

छ वडा रहेको उक्त गाउँपालिकामा सो कार्यक्रमका लागि रु २० लाख दुई हजार बजेट रहेको जनाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा सामाजिक दूरी कायम गर्दै वडा नं ५ मा २२ र अन्य वडामा २१–२१ का दरले युवा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

हरेक दिन बिहान ९ देखि बेलुका ५ बजेसम्म काममा खटिने युवाले गरेका कामलाई प्रभावकारी बनाउन अनुगमनसमेत गर्ने गरिएको अनुगमन समितिका संयोजक एवं गाउँपालिकाका उपप्रमुख समला राईले जानकारी दिए । अनुगमनका क्रममा कार्यक्रम प्रभावकारी भएको पाइएको संयोजक उनले बताए ।

सो कार्यक्रममा रोजगार गुमाएर जिल्ला फर्किएका युवालाई समेत सहभागी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले जानकारी दिए । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो गाउँपालिकामा बन्दाबन्दीको मारमा परेका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्ने काम पनि भइरहेको जनाइएको छ ।

११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा प्रतिवडा रु तीन लाख ५० हजारका दरले हरेक वडा कार्यालयमा बजेट पठाएर कार्यक्रम शुरु गरिएको नगरप्रमुख इवन राईले बताए । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा समेत उक्त कार्यक्रम लागू भएको जनाइएको छ । रासस

Facebook Comments


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167