काठमाडौं । नवगठित जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा बुधबार साँझ कालोझण्डा राखिएकाे छ । विशालनगरस्थित घरमा युवाहरुको एक समूहले कालोझण्डा राखेको स्थानीयहरूले बताएका छन्।
कालोझण्डा राखिए लगत्तै उनको घरमा प्रहरी पुगेर हटाएको छ । यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निश्कर्ष निकालेको छ । उनकोमा कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना अएपछि प्रहरी टोली पुगेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
Facebook Comments