जबरजस्ती करणी आरोपमा युवक पक्राउ

सिरहा । जबरजस्ती करणी गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

गाउँकै एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कल्याणपुर नगरपालिका ४ महोलियाका २२ वर्षीय हैदर मियाँलाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मियाँलाई आजै जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहामा दर्ता भई थप अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

Facebook Comments