लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका राजधानीको किर्तिपूरस्थित मच्छगाँउ र चन्द्रागिरीको मातातीर्थ क्षेत्रमा बसोबास गर्ने रुकुमका ७१ मजदुरहरुलाई राहत वितरण गरिएको छ

रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य कमला रोकाको पहलमा ७१ परिवारलाई राहत वितरण गरिएको हो ।

सो राहत वितरणका लागि चन्द्रागिरी हिल्स प्रालीलिका महाप्रवन्धक अभिषेकविक्रम शाहले ३० बोरा चामल राहत उपलब्ध गराएका छन् । यस्तै, अमेरिकामा रहेका अभय श्रेष्ठ र सामाजिक अभियान्ता तथा युवा नेता प्रदीप परियारले पनि सहयोग गरेका थिए ।

Facebook Comments