चीनमा घटे सम्पन्नशाली

एजेन्सी । गत वर्षको जनवरीसम्ममा गरिएको अध्ययन अनुसार धनी चिनियाँ परिवारको संख्या घटेको हुरन रिपोर्टले देखाएको छ।

मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा सम्पन्न परिवारको संख्या ०.८ प्रतिशतले घटेको हो।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देशले सामना गर्नुपरेको आर्थिक चुनौती, सम्पत्ति संकट, व्यापारिक विश्वासमा ह्रास तथा स्थानीय सरकरको बढ्दो ऋणका कारण चीनमा धनी परिवारको संख्या १५ वर्षमा दोस्रो पटक घटेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार गत वर्षको जनवरीसम्ममा ६ करोड युआन (८,३३,४८४ अमेरिकी डलर) सम्पत्ति भएका चिनियाँ परिवारको संख्या ०.८ प्रतिशतले घटेर ५१ लाख ४० हजारमा झरेको छ।

त्यस्तै, १ करोड युआनभन्दा बढी सम्पत्ति भएका (हाइ नेटवर्थ–एचएनडब्लू) परिवारको संख्या सन् २०२३ मा १.३ प्रतिशतले घटेर २० लाख ८० हजारमा पुगेको छ।

यसैगरी अल्ट्रा हाइ नेटवर्थ (युएचएनडब्लू) अर्थात् ३ करोड अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएको परिवारको संख्या पनि ४.५ प्रतिशतले घटेर ८८ हजार पुगेको छ।

हुरन रिपोर्टका अध्यक्ष तथा प्रमुख अनुसन्धानकर्ता रुपर्ट हुगेवर्फ भन्छन्, ‘सन् २०२२ मा महामारी, बदलिँदो भूराजनीतिक परिदृश्य तथा विश्वव्यापी आर्थिक मन्दीका कारण प्रमुख देशमा निजी सम्पत्तिलाई फरक–फरक रूपमा प्रभाव पारेको छ।’

‘चीनका धनी परिवारको कुल सम्पत्ति वार्षिक रूपमा ३.६ प्रतिशतले घटेर १ हजार ५ सय ८० खर्ब युआन पुगेको हो,’ हुगेवर्फ भन्छन्, ‘यो सम्पत्तिले अझै पनि सम्पूर्ण देशको जीडीपीको १.३ प्रतिशत हिस्सा ओगटेको छ।’

रिपोर्टका अनुसार चीनका धनी परिवारको संख्यामा देशको पहिलो स्तरका सहर तथा आर्थिक रूपमा विकसित दक्षिण र पूर्वी क्षेत्रबाट बढी प्रतिनिधित्व छ। जसमा बेइजिङ शीर्ष स्थानमा छ भने सांघाई र हङकङ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

चीनका धनी परिवारमध्ये युएचएनडब्लू परिवारको सम्पत्ति ८ अर्ब ९० करोड युआन छ, जुन यस समूहको कुल सम्पत्तिको ६७ प्रतिशत हो। यो संख्या पनि अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले घटेको हो। एससीएमपी

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.