चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै

बेइजिङ । चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै गएको पाइएको छ । हङकङ पोस्टका अनुसार लगानीकर्ताले चिनियाँ बजारमा विश्वास गुमाउँदै गएकाले प्रत्यक्ष वैदेशिक लगानी घटेको हो ।

हङकङ पोस्टका अनुसार सन् २०२३ मा चीनको प्रत्यक्ष लगानीको दायित्व भुक्तानी सन्तुलनको ३३ अर्ब डलर पुगेको छ । सन् २०२२ को तुलनामा यो ८२ प्रतिशतले कम र सन् १९९३ यताकै सबैभन्दा कम रहेको जनाइएको छ ।

त्यसबाहेक अमेरिका, जापान, ताइवान, भारतजस्ता मुलुकसँग भूराजनीतिक तनाव चुलिएका कारण पनि विदेशी लगानीकर्ताले चिनियाँ बजारमा विश्वास गुमाउँदै गएको जनाइएको छ ।

त्यसैगरी, बढ्दो ज्याला, घरजग्गा क्षेत्रमा देखिएको संकट र आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताले गर्दा पनि लगानी घटेको पाइएको हो ।

सन् २०२३ को चौथो त्रैमासिकमा चीनमा केबल १७ अर्ब ५० करोड डलर वैदेशिक लगानीका रुपमा भित्रिएको जनाइएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.