गृह मन्त्रालयका प्रवक्ता सिआइबी छानबिनमा

काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता रहेका सहसचिव नारायण प्रसाद भट्टराई प्रहरीको छानबिनमा तानिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले नक्कली लाइसेन्स प्रकरणमा सहसचिव भट्टराईमाथि समेत छानबिन थालेको हो ।

भट्टराई यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा यातायात कार्यालयबाट नक्कली लाइसेन्स जारी भएको थियो ।

सवारी दुर्घटना गराएर हिरासतमा रहेका व्यक्तिलाई उनकै कार्यालयमा गाडिको लाइसेन्स बनाइएको थियो ।

मोटरसाइकलको मात्र लाइसेन्स भएका शशांक बस्यालले चलाएको गाडिको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि उनले ५ लाख खर्च गरी हिरासतमै रहेका बेला यातायात कार्यालयको सेटिङमा गाडिको समेत लाइसेन्स बनाएका थिए ।

जून घटनामा सहसचिव भट्टराईसहित मुछिएका हुन् । यातायात व्यवस्था विभागले नक्कली लाइसेन्ससम्बन्धि छानबिन प्रतिवेदनसहित सिआइबीलाई छानबिनका लागि पत्राचार मात्र गरेको छैन ताकेता समेत गरिरहेको छ ।

तर, गृहप्रवक्ता भट्टराई लगायत पावरफुल सहसचिवहरूको दबाबमा छानबिनले गति लिन नसकेको यातायात मन्त्रालयका एक अधिकारी बताउँछन् । यातायात व्यवस्था विभागले गरेको छानबिनमा बिना ट्रायल एक लाख भन्दा धेरै लाइसेन्स जारी भएको पुष्टि भइसकेको छ ।

यसमा देशभरीका यातायात कार्यालयका कर्मचारीहरू छानबिनमा तानिने छन् । करोडौंको लेनदेन भएको यो घटनाको अनुसन्धान रोक्न शक्तिकेन्द्रमार्फत चलखेल भइरहेको छ ।

आफु निकट व्यक्तिहरू पर्ने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि यो अनुसन्धानमा प्रहरीलाई साथ दिएका छैनन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.