प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने र १९९ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाएका छन् ।

माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो ।

त्यस्तै कार्यालय ११ जनाको बनाउने स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउनेलगायतका निर्णय पनि भएको छ ।

त्यसैगरी माओवादी केन्द्र अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निष्कर्ष सुनाएका हुन् ।

स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन गर्ने र उक्त कमिटीले पदाधिकारी चयन गर्ने प्रचण्डले निष्कर्ष सुनाएका एक नेताले जानकारी दिए । तर, प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा जनवादी अभ्यास पनि भुल्न नहुने उनले बताए ।

उनले प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने भन्नेमा सबै एक ठाउँमा भएपनि पदाधिकारी नै प्रत्यक्ष ढंगले सिधै चयन गर्ने भन्नेमा भने थप छलफल गर्नुपर्ने बताए ।

अध्यक्ष दाहालले नराम्रो काम गर्नेलाई कारबाही नगरिए पार्टी नबन्ने पनि बताए । पार्टी विधान अधिवेशनमा छलफलबाट आएका सुझावहरुमाथि निष्कर्ष सुनाउने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने–‘पार्टी निर्माणका लागि राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कारबाही नगरे पार्टी बनाउन सकिँदैन ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.