प्राविधिक विषय राजनीतिक हिसाबले टुंगो लगाउन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिसिआर र आरडिटीको विषय आफूले टुंगो गर्ने विषय नभएको बताएका छन् । प्रतिनिधि सभाकाे बुधबारकाे बैठकमा प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन ।

‘कतिपय विषय प्राविधिक विषय छन् जो राजनीतिक हिसाबले टुंगो लगाउने विषय हैनन्। कुन चिज प्रयोग गर्ने, पिसिआर गर्ने कि आरडिटी प्रयोगको विषय मैले भन्ने विषय होइन’, ओलीले भने, ‘यो प्राविधिकले भन्ने विषय हो। कुन प्रयोग गर्न सम्भव हुन्छ कुन हुन्न भन्ने कुरा।’

उनले महामारीको विषय दलीय विषय हुन नहुने समेत बताए। ‘महामारी जस्तो विषय दलीय विषय होइन। यो मानवीय विषय हो’, ओलीले भने, ‘सरकारको विषयमात्र होइन सामाजिक विषय हो। यो सत्तापक्षको मात्र विषय होइन यसले सत्तापक्ष-प्रतिपक्ष छुट्याउँदैन, साझा विषय हो। हामी त्यसैगरी लडिराखेको छौं।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.