चिनियाँ जहाज लिलामीका लागि दोस्रो पटक निगमले खुलायो टेन्डर

काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ जहाज लिलामीका लागि दोस्रो पटक टेन्डर सूचना जारी गरेको छ।

निगमले मंगलबार सूचना जारी गर्दै २ वटा एमए-६० र ३ वटा वाई १२ जहाज बिक्रीका लागि टेन्डर आह्वान गरेको हो।

यसअघि पनि निगमले सन् २०२३ को डिसेम्बर २१ मा पाँच जहाज लिलामीका लागि सूचना जारी गरेको थियो।

जहाज खरिदका लागि कुनै पनि कम्पनीले चासो नदेखाएपछि निगमले दोस्रो पटक १५ दिनको समय दिँदै टेन्डर निकालेको हो। निगमका यी जहाज २०७७ साउन १५ देखि ग्राउन्डेड छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.