यादव नेतृत्वको सांसदहरूले भेटे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेल

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली सांसदहरूको प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेटवार्ता गरको छ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले सोमबार लखनउस्थित सरकारी निवासमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको हो।

मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली सांसदहरूसँग भेटवार्ता भएको पुष्टि गरेका छन्। सामाजिक सञ्चालमा तस्बिर सार्वजनिक गर्दै मुख्यमन्त्री आदित्यनाथले भगवान पशुपतिनाथ तथा छिमेकी देशबाट आएका सांसदगणसँग भेटवार्ता भएको उल्लेख गरेका छन्।

सो टोलीले आजै उत्तर प्रदेशकी राज्यपाल अनन्दीबेन पटेलसँग भेटवार्ता गरेको थियो। लखनउस्थित राजभवनमा राज्यपाल पटेलसँग शिष्टाचार भेट गरेको हो।

भेटमा राज्यपाल पटेलले नेपालको शैक्षिक स्तर उकास्ने विषयमा सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन्। उनले भारत र नेपालको विश्वविद्यालयबीच भएको समझदारीअनुसार शैक्षणिक आदान प्रदान, भाषासम्बन्धी शिक्षण र विद्यार्थीबीच शैक्षिक टूरको बढावा दिने बताएकी थिइन्। ११ सदस्सीय प्रतिनिधिमण्डललाई भारतीय परम्पराअनुसार राजभवनमा स्वागत गरिएको थियो।

यादव नेतृत्वको प्रतिनिधिमण्डलले यसअघि भारतीय विदेशमन्त्री एस जयशंकर र गोवाका पर्यटनमन्त्री रोहन खाउन्टेसँग भेटवार्ता गरेको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.