त्रिभुनवन अतर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । २५ हजार अमेरिकन डलरसहित एक चिनियाँ नागरिक त्रिभुनवन अतर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

२९ वर्षीय चिनियाँ नागरिक कोय बिनचाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थानबाट पक्राउ गरिएको हो। ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागभित्र उक्त डलर फेला परेको प्रहरीले जनाएको छ।

१ सय दरको २५० थान अमेरिकन डलर उनीबाट बरामद भएको हो। आजको विनियम दरअनुसार उक्त डलरको नेपाली रुपैयाँ ३३ लाख ४८ हजार हुन्छ।

पक्राउ परेका चिनियाँ नागरिक कोय चाइना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका थिए। उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने प्रहरीले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.