गोवामा पर्यटनमन्त्री र नेपाली सांसदको टोलीबीच भेटवार्ता

काठमाडौं । नेपाली सांसदको प्रतिनिधिमण्डल र भारतीय राज्य गोवाका पर्यटनमन्त्रीबीच भेटवार्ता भएको छ ।

भारतीय संसदको औपचारिक निम्तोमा भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापती राजकिशोर यादव नेतृत्वको सांसदको टोलीले गोवाका पर्यटनमन्त्री रोहन खाउँटेसँग भेटवार्ता गरेको हो।

शनिबार गोवामा भएको द्विपक्षीय भेटवार्तामा दुई देशबीचका संस्कृतिको आदानप्रदान र नेपाल-गोवाबीच पर्यटन प्रवर्द्धनका विषयमा कुरा भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

यसअघि समितिले भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरणसङ्ग दिल्लीमा भेटवार्ता गरेको थियो।

संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय टोलीले ६ फेब्रुअरीसम्म भारतको संसदीय व्यवस्थाबारे अध्ययन गर्नेछ ।

संसदीय टोलीले भारतीय नयाँ संसद् भवनको निरीक्षणका साथै सभामुख, विदेशमन्त्री र पर्यटनमन्त्रीसँग भेट गरेको हो ।

टोलीमा यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.