सात महिनाअघि बरामद चार सय ३४ कार्टुन अवैध चिनियाँ मदिरा गोदाममै थन्कियो

काठमाडाैं । गत साउन महिना हिल्सानाकाबाट निकासी भएको चार सय ३४ कार्टुन अवैध चिनियाँ मदिरा हिल्सा प्रहरीले बरामद गरेकाे थियाे। बरामद गरिएको मदिरा हिल्सा प्रहरीले सात महिनादेखि गोदाममा तालाबन्दी गरेर थन्किएको छ।

अवैध मदिरा चीनबाट नेपाल निर्यात गर्न रोक लगाइएको छ। बरामत अवैध चिनियाँ मदिरा न प्रहरीले नष्ट गरेको छ न व्यापारीको नाम नै सार्वजनिक नै गरेको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दका अनुसार प्रहरीले बरामद गरेको मदिरा भान्सारको जिम्मा लगाएको हो।

बरामद गरिएको मदिरा हिल्सामै गोदाममा तालाबन्दी गरेर राखेको सूचना अधिकारी चन्दले नयाँ पत्रिकाँग भने। उनले नष्ट गर्ने कि लिलाममा बिक्री गर्ने भन्ने निर्णय सिडियोको संयोजकत्वमा बसेको बैठकले निर्णय गर्ने बताए।

हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले यस विषयमा द्विविधा रहेकाले अहिलेसम्म कुनै निर्णय नभएको बताए। उनले भने, ‘पहिला लिलाममा पनि बिक्री गरेको देखियो। स्थानीयको आवाज पनि त्यहीँ छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतमा पठाएका छौँ। योग्य छ छैन अनि मात्रै निर्णय हुन्छ।’

जिल्लामा सिडियो फेरिएपछि आ–आफ्नै निर्णय हुने गरेपछि नागरिकसमेत द्विविधामा छन्। गत ३ साउनमा खार्पुनाथ गाउँपालिकाबाट बरामद गरिएको तीन सय ३८ बोतल अवैध चिनियाँ मदिरा लिलाममा बिक्री गरिएको थियो।

तत्कालीन हुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको संयोजकत्वमा बसेको बैठकले एक सूचना जारी गरी तीन सय ३८ बोतल अवैध चिनियाँ मदिरा एक लाख ३९ हजार दुई सयमा बिक्री गरेको थियो।

उक्त मदिरा अवैध चिनियाँ मदिराको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा परीक्षण नगरी भन्सार ऐन, २०६४ को दफा ५० नियमावली, २०६४ को नियम ३५ बमोजिम सूचना जारी गरेर लिलाममा बिक्री गरेको पाइएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.