चिनियाँ विदेश मन्त्रालयकी प्रवक्तामाथि राज्य-अनुमोदित प्रचार र गलत सूचना फैलाएको आरोप

एजेन्सी । फिलिपिन्सका रक्षा सचिवले चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले आफ्ना देशका राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन् ।

रक्षा सचिव गिल्बर्टो टियोडोरोले बुधबार पत्रकार सम्मेलनको क्रममा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरका लागि प्रवक्ता माओ निङले तल्लो स्तरको शब्द प्रयोग गरेर अपमान गरेको आरोप लगाएको रोयटर्सले जनाएको छ ।

समाचारमा जनाइएअनुसार रक्षा सचिव टियोडोरोले एक विज्ञप्ति जारी गर्दै प्रवक्ता निङलाई ‘राज्य-अनुमोदित प्रचार र गलत सूचना फैलाएको’ आरोप लगाएका हुन् ।

टियोडोरोले प्रवक्ता माओ निङको टिप्पणीलाई लिएर प्रतिक्रिया दिएका हुन् । जसमा उनले राष्ट्रपति मार्कोसलाई ‘ताइवान मुद्दाको भित्री र बहिरी कुरा राम्रोसँग बुझ्न थप पुस्तकहरू पढ्न’ भनेकी थिइन् ।

‘यो दुर्भाग्यपूर्ण छ कि (चिनियाँ) परराष्ट्र मन्त्रालयका प्रवक्ताले तल्लो स्तरको वार्तामा झुक्नु भयो – हाम्रो राष्ट्रपति र फिलिपिनो राष्ट्रको अपमान गर्ने र आफूलाई, मन्त्रालय र उसले यस प्रक्रियामा प्रतिनिधित्व गर्ने पार्टीलाई थप अपमानित तुल्याएको छ,’ उनले भने।

मनिलामा रहेको चिनियाँ दूतावास र यसको विदेश मन्त्रालयले टियोडोरोको आरोपलाई लिएर कुनै प्रतिक्रिया जनाएको छैन ।

मार्कोसले सोमबार बधाई दिएपछि उनको विदेश मन्त्रालयले देशको “एक चीन नीति” बारे प्रस्ट पारेकाे थियाे । मार्कोसको सन्देशले प्रजातान्त्रिक रूपमा शासित टापुमा २ लाख फिलिपिनो कामदारसहित फिलिपिन्स र ताइवानको “आपसी हित” लाई मान्यता दिने कुरामा जोड दिएका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.