मकवानपुरमा चिनियाँ नागरिकमाथि कुटपिट

काठमाडौं । मकवानपुरमा चिनियाँ नागरिकमाथि कुटपिट भएको छ । फास्ट ट्रयाकमा काम गरिरहेका चिनियाँ नागरिकलाई मकवानपुरका स्थानीयले कुटपिट गरेका हुन् ।

“चाइनिज क्याम्पमा कुकको काम गर्ने मकवानपुरगढी १ बस्ने फूलमाया लुङ्बालाई खाना बनाउने क्रममा फास्ट ट्रयाकमा काम गर्ने चिनियाँ नागरिक थान कार्ड युनले हातपात गर्न खोजेको भनि आफन्तलाई जानकारी गराएको पाइएको छ,” प्रहरीले भनेको छ, “त्यसपछि फूलमायाका आफन्त तथा स्थानीयले युनलाई कुटपिट गरी घाइते बनाएको खबर आएको थियो ।”

घाइतेलाई उपचारको लागि अर्थोपेडिक अस्पताल हेटौंडा पठाइएको र उनलाई बाहिरी चोट नरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

फूलमाया सामान्य घाइते भएको र उनी स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको प्रहरीले बताएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.