भारतीय विदेशमन्‍त्री जयशंकर नेपालमा आउँदै

काठमाडाैं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपालका विदेशमन्त्री एनपी साउँदको निमन्त्रणामा नेपालमा आउन लागेका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार जनवरी ४ र ५ तारेख गरी २ दिने नेपालमा भ्रमणमा आउन लागेका छन् । साउँदलाई भारत-नेपाल संयुक्त आयोगकाे साताैँ बैठककाे सह-अध्यक्षताकाे लागि भारतले धन्यवाद दिएकाे छ।

भारत-नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको थियो र यसले दुवै मन्त्रीहरूलाई द्विपक्षीय साझेदारीका सबै पक्षहरूको समीक्षा गर्न मञ्च प्रदान गर्दछ।

भ्रमणका क्रममा विदेशमन्त्रीले नेपालको नेतृत्वसँग भेटघाट गर्ने र प्रमुख राजनीतिक व्यक्तित्वहरूसँग पनि भेट गर्नेछन्। स्राेतका अनुसार जयशंकरले नेपाल रहँदा राष्ट्रपति, प्रधानमन्‍त्री, प्रमुख दलका प्रमुखहरु तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

नेपाल यसको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतको प्राथमिकता साझेदार हो। दुई घनिष्ठ र मित्रवत छिमेकीबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण हुन लागेकाे हाे ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.