थाइ एयरवेजद्वारा आफ्नो ग्राउन्ड ह्यान्डलिङ सेवा निगमलाई हस्तान्तरण

काठमाडाैं । आफ्नो जहाजको ग्राउन्ड ह्यान्डलिङ सेवा आफैं गर्दै आएको थाइ एयरवेजले यो सेवा नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थाइ एयरवेजले यो सेवा निगमलाई हस्तान्तरण गरेको हो।

ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्गत यात्रुको बोर्डिङ, चेक-इन, ब्यागेज, कार्गो ट्रली, र्‍याम्प बस लगायत सेवा दिनुपर्ने हुन्छ।

निगम र थाइ एयरवेजबीच सन् २०२३ अक्टाेबर २९ मा काठमाडौं विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ गर्नेबारे सम्झौता भएको थियो।

नेपाल सरकारले थाइ एयरवेजसँग रहेका ८० थान उपकरणहरू निगमको स्वामित्वमा रहन २०८० साउन ३ गते स्वीकृति दिएको थियो।

थाइले नेपालमा उडान सुरू गरेदेखि नै सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्दै आइरहेको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.