आँखाको सर्जरी गरिरहँदा चिनियाँ सर्जनले बिरामीको टाउकोमा मुक्का हानेपछि…

एजेन्सी । चीनको एक अस्पतालमा एक सर्जनले आफैँले अप्रेसन गरिरहेको बिरामीलाई मुक्का हानेको घटना सार्वजनिक भएको छ। अधिकारीहरुले यसको छानबिन सुरु गरेका छन्।

डाक्टरले बिरामीलाई मुक्का हान्दै गरेको क्लिप चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएपछि धेरै मानिसहरु आक्रोशित भएका छन्।

अस्पताल सञ्चालक आयर चाइना ग्रुपले सर्जनलाई निलम्बन गर्नुका साथै अस्पतालका सीईओलाई बर्खास्त गरेको छ। कुटपिटको घटना भने २०१९ मै भएको बताइएको छ। सो ग्रुपले आँखा अस्पतालहरुको चेन सञ्चालन गर्छ।

सो ग्रुपका अनुसार यो घटना दक्षिणपश्चिमी सहर किकाङमा भएको हो।

भिडिओमा देखिएअनुसार आँखाको अप्रेसन गरिरहँदा सर्जनले बिरामीलाई टाउकोमा कम्तीमा तीन पटक मुक्का हानेका छन्।

बिरामी ८२ वर्षीया महिला भएको जनाइएको छ। सो ग्रुपले लोकल एनेस्थेसियाको भरमा अप्रेसन गर्न खोजेको तर, दुखाइका कारण ती महिलाले टाउको हल्लाएको बताइएको छ।

सर्जरीपछि अस्पतालले माफी माग्दै महिलालाई ५ सय युआन तिरेको बताइएको छ।

ती महिला अहिले बायाँ आँखा देख्न नसक्ने बनेको उनको छोराले बताएका छन्।

यो घटना अस्पतालले गुपचुप राखेको जनाइएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.