नापी सर्वेक्षक काफ्लेविरुद्ध आरोपत्र दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेले पदको दुरुपायोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार काफ्ले गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्ति भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशीलाको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेको पाइएको छ ।

सर्वेक्षक काफ्ले २०५४ पुस १ गते सार्वजनिक सेवामा प्रवेश गरेको र २०७६ वैशाख ३० गतेसम्मको अवधिमा रु एक करोड ७४ लाख १४ हजार ५० मात्रै वैद्य आय रहेको आयोगको अनुसन्धानबाट खुलेको छ । सो अवधिमा निज काफ्लेले रु सात करोड १७ लाख ४१ हजार १५० रुपैयाँ खर्च गरेको पाइएको छ ।

कुल वैध आय र खर्च गरेको कुल रकमको हिसाब गर्दा रु पाँच करोड ४३ लाख २७ हजार ९९ बराबरको लगानी तथा खर्चको स्रोत नखुलेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आयोगले सर्वेक्षक काफ्लेलाई हदैसम्मको कारबाही र श्रीमती सुशीलाको नाममा रहेको सम्पत्ति जफतको माग दाबी गरेको छ ।

यस्तै आयोगले गलत विवरण पेश गरी एउटा व्यक्तिको नाममा रहेको जग्गा अर्कैको नाममा नामसारी गरेको अभियोगमा साविकको कोहबरा गाविस झापाका तत्कालीन गाविस सचिव रामप्रसाद न्यौपाने, गलत मनसाय राखी गैरकानूनी काम गर्न अभिप्रेरित गर्ने रेनुका चम्लागाईं, नक्कली सर्जमिन मुचुल्का तयार गर्ने दमक नगरपालिकाका तत्कालीन वडा सचिव मोहनप्रसाद ओली र सोही नगरपालिकाका कार्यालय सहयोगी दलबहादुर खत्रीविरुद्ध पनि आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै नक्कली सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने दमक नगरपालिका–१ का महानन्द सापकोटा, गिरिराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रोमनाथ दाहाल, लक्ष्मीप्रसाद बस्ताकोटी, टङ्कप्रसाद बजगाईं र बालकृष्ण न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो । मोरङ जिल्लाको साविक लेटाङ गाविस–२ का हरिप्रसाद चौलागाईको नाममा रहेको झापाको साविक दमक नगरपालिका–१ को जग्गा एकलौटीरुपमा नामसारी गर्ने प्रयोजनले हरिप्रसादको जेठी श्रीमती रेनुकाले नक्कली कागजात बनाएको पाइएको आयोगले जनाएको छ । रासस

ताजा अपडेट

पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार...

किशोरीको फेसबुक म्यासेन्जरमा अश्लिल भिडियो पठाउने पक्राउ

काठमाडौँ । सामाजिक संजाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

पर्वतको सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

पर्वत। अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको...

आजदेखि कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं । मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका...

राउटे युवतीमाथि बलात्कार गरेको स्वीकार

सुर्खेतमा दुई जना राउटे युवतीलाई होटलमा लगेर जबर्जस्ती गरी भिडियो खिचेका युवाहरुले प्रहरी बयानमा ‘आफूहरुले सबै काम गरेको’ भनेर स्वीकारेका छन् । राउटे समुदायले...

ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

काठमाडौँ । भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको । समाज सेवा र राहत वितरणका...

उपेन्द्र यादवले भने– निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको...

चर्चित