थप ३२३ जना कोरोना संक्रमण, संक्रमितकाे संख्या ४ हजार ८५ पुग्याे

काठमाडौं । नेपालमा आज थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

साथै नेपालमा अहिलेसम्म कोरोनाविरुद्धको लडाई जितेर घर फर्किनेको संख्या ५८४ रहेको छ । आज मात्रै नेपालमा थप ९६ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् ।

Facebook Comments