अमेरिकाले किन लगायो ४२ चिनियाँ कम्पनीसँग व्यापार गर्न रोक ?

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडाैं । अमेरिकाले ४२ वटा चिनियाँ कम्पनीसँग व्यापार गर्न रोक लगाएको छ। युक्रेनसँग युद्धमा रहेको रसियालाई सहयोग गरेको आरोपमा ती कम्पनीमाथि प्रतिबन्ध लगाइएको हो।

अमेरिकाको वाणिज्य विभागले रसियाको सेना र रक्षा प्रणाली विकासमा सहयोग गरेको भन्दै ४२ कम्पनीको नाम ‘एक्सपोर्ट कन्ट्रोल लिस्ट’मा राखेको हो।

रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै युद्ध सुरु भएको थियो। आज युद्ध भएको ५९१ दिन पुगिसक्दा युद्ध रोकिने वातावरण बनेको छैन। अमेरिकाले युद्धमा युक्रेनलाई हतियार र आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

अमेरिकाले रसियालाई सहयोग गरेको आरोपमा केही कम्पनीमाथि यसअघि पनि प्रतिबन्ध लगाएको थियो। यसपटक चीनका ४२ कम्पनीसँगै फिनल्यान्ड, जर्मनी, भारत, टर्किए, बेलायत र संयुक्त अरब इमिरेट्सका ७ कम्पनीमाथि पनि व्यापार गर्न प्रतिबन्ध लगाइएको छ।

चीनले भने अमेरिकाको उक्त कदमको आलोचना गरेको छ। चीनले अमेरिकाको सो कार्यलाई एकपक्षीय आर्थिक दमन भनेको छ।

Facebook Comments