एन्टाको सातौं महाधिवेशन टेक्ससमा सम्पन्न


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

एन्टाको सातौं महाधिवेशन सम्पन्न भएको छ । अमेरिकाको टेक्सस राज्य स्थित डालस सिटीमा गरिएको कार्यक्रम भव्य र सभ्य रूपमा सम्मपन्न भएको हो। एन्टाको प्रेसीडेन्ट ई.मोहन यादवको अध्यक्षतामा भएको कार्यक्रम नेपाल सरकारका पूर्व उपप्रधान एवम् परराष्ट्र मन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष माननिय उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको हो ।

महाधिवेशनको समुदघाटन विशिष्ट अतिथि द्व्य इर्भिगं सिटीका मेयर रिक (Rick stiffer)स्टीफर र नेपाल सरकारको तर्फबाट क्यालिफोर्निया राज्यका लागि “ पर्यटन सदभावना दुत(Tourism Goodwill Ambassador)”विजय कुमार चौधरी समेतले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रमको आरम्भमा नेपाली र अमेरिकन राष्ट्रिय गान गाउनुको साथै बीच बीचमा सांस्कृतिक नृत्य समेत गरिएको थियो।डालस सिटी स्थित विभिन्न संघसंस्थाका प्रतिनिधीहरू लगायत एन्टाका सदस्य,शभचिन्तक र समाजका लब्ध प्रतिष्ठित बौद्धिक व्यक्तित्वहरूको राम्रो उपस्थिति रहेको थियो।यस महाधिवेशनको पूर्ण सफलताको लागि शुभकामना दिनेहरूमा ईर्भिगं सिटीका मेयर रिक स्टीफर,नेपाल सरकारका पर्यटन सद्भावना दुत विजय कुमार चौधरी,एन्टाका प्रमुख सल्लाहकार प्रध्यापक डा. रामबाबु यादव,बैज्ञानिक डा.ईन्द्र देव साह,पूर्व अध्यक्ष प्रो.विजय सिंह,यूएन प्रतिनिधी डा.रामकृष्ण साह,सल्लाहकार सुजीत झा,आजीवन सदस्य श्याम कार्की,डा.उमेश यादव,मधेशी समाजका अध्यक्ष रामकृष्ण यादव,बीजेन साह,अभिनन्दन यादव,ललीत यादव लगायतका व्यक्त्तित्वहरूको उपस्थिती रहेको थियो।

यस महाधिवेशनले ईन्जिनियर मोहन यादवको अध्यक्षतामा निम्नानुसारको पदाधिकारीहरू रहने घोष्णा प्रमुख निर्वाचन आयुक्त्त प्रा.डा.रामबाबु यादवले गरे । एन्टा प्रेसीडेन्ट.ई. मोहन कुमार यादव(भर्जिनिया),बरिष्ट उपाध्यक्ष(कुशेश्वर मण्डल(केन्टेकी),उपाध्यक्ष(राजवीर यादव(भर्जिनिया(,अन्तर्राष्ट्रिय उपाध्यक्ष(खुशनन्दन ठाकुर-इ),महासचिव(डा.रबीन्द्र मण्डल(न्यूयोर्क),सह(सचिब(आशिष झा(कोलोराडो),कोषाध्यक्ष(ब्रजेश ठाकुर(भर्जिनिया(,सह(कोषाध्यक्ष(सुनिल यादब(ओरेगन),प्रवक्ता(कन्चन ठाकुर(भर्जिनिया),कार्यकारिणी सदस्यहरूमाः(लक्ष्मी राउत चौधरी(क्यालिफोर्निया),बन्दना देव(नोर्थ क्यारोलिना),मकेश्वर राय(ऋक्),शत्रुघन साह(इलिनोईस),रूपेश कुमार मण्डल(केन्टेकी) रहेका छन।

एन्टाले विभिन्न महानुभावहरूलाई पुरस्कृत गरेका छन। पुरस्कृत हुनेहरूमाः(नेपाल सरकारका पर्यटन सदभावना दुत विजय कुमार चौधरी(ANTA OUTSTANDING EXECUTIVE AWARD-2023 ,चर्चित अर्थ शास्त्री स्वर्गीय डा. सुखदेव साहकी धर्म पत्नी विजया शाह(ANTA OUTSTANDING LIFETIME AWARD),सुजित कुमार झा(ANTA OUTSTANDING EXCELLENCE AWARD)लगायतका एक दर्जन व्यक्त्तिहरू सम्मानित भएका छन। प्रमुख अतिथी यादवले प्रवास रहेका सबै नेपालीहरूलाई एक आपसमा समन्वय गरी मिलेर जान र नेपालको समृद्धिमा लाग्न आहवान गर्दै गैर आवासीय नेपालीहरूको नागरिकता लिने कामको थालनी हुनुको साथै सम्मपूर्ण समस्याहरूको पहल कदमी गर्न नेपाल सरकार तयार रहेको बताउँदै एन्टाको सातौं महाधिवेशनको पुर्ण सफलताको कामना गरे।

Facebook Comments


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167